अमेरिकाले भारतका सामानमा भोलि बुधबार (२७ अगस्ट) बाट थप २५ प्रतिशत भन्सार महसुल लगाउने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै जारी गरेको नयाँ कार्यकारी आदेशअन्तर्गत भारतविरुद्ध थपिएको कर भोलिदेखि कार्यान्वयन गर्न लागेको हो ।
जसका लागि अमेरिकाको गृह सुरक्षा विभागले आज नयाँ भन्सार करसहित सूचना जारी गरेको छ। अब योसँगै भारतबाट अमेरिका भित्रिने सामानका लागि ५० प्रतिशत भन्सार शुल्क लाग्नेछ।
अमेरिकाले भारतले रुसबाट तेल खरिद गरिरहेको जनाउँदै भन्सार कर बढाएको हो। अमेरिका चाहन्छ कि भारतले रुसबाट तेल किन्न बन्द गरोस्। यता भारतले भने अमेरिकाले अनुचित र तर्कहीन’ निर्णय गरेको बताइरहेको छ ।
डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि उनले चीनलाई बाहेक सबैलाई झुकाइरहेका छन् । ट्रम्पले चीनलाई पनि झुकाउने प्रयत्न गरेका थिए । तर, पछि उनी आफैँ झुक्न बाध्य भए ।