Connect with us

अन्तर्राष्ट्रिय

२ हजार वर्ष पछि नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस चयन, नयाँ नाम लियो चौधौं

Published

on

नयाँ पोपमा अमेरिकन रोबर्ट फ्रान्सिस प्रिभोस्ट चयन भएका छन् । उनले अब सेन्ट पिटर स्क्वायरमा भेला भएका भीडलाई आफ्नो पहिलो सार्वजनिक सम्बोधन र आशीर्वादसमेत दिएका छन् ।

कार्डिनल रोबर्ट प्रीभोस्ट, एक अमेरिकी मिसनरी हुन, जसले पेरुमा आफ्नो लामो सेवा बिताएका थिए र पछि उनी भ्याटिकनको शक्तिशाली विशप कार्यालयको नेतृत्व गरिरहेका थिए । क्याथोलिक चर्चको २००० वर्षको इतिहासमा पहिलो पटक कोही अमेरिकी पोपमा चुनिएको यो पहिलो घटना हो। ६९ वर्षीय प्रीभोस्टले लियो चौधौं नाम रोजेका छन्, अब उनलाई यसै नामले सम्बोधन गरिनेछ ।

स्थानिय समय अनुसार बिहीबार साँझ  ६ः०७ मा सिस्टिन चैपल चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो । स्थानीय समय अनुसार क्याथोलिक चर्चको नेतृत्व गर्नका लागि पोन्टिफ चुनिएको संकेत थियो। त्यसको लगभग एक घन्टा पछि उनी बाल्कोनीमा देखा परेका थिए ।

पोप चयन भए पछि भ्याटिकनमा उभिएका दर्शनार्थीलाई उनले स्पेनिश र इटालीयन भाषामा सम्बोधन गरेर उपस्थितलाई आर्शिबाद दिएका थिए ।

‘तपाईंहरू सबै रोम र इटालीका मानिसहरूलाई हामी सधैं परोपकार देखाउने र विशेष गरी पीडामा परेकाहरूलाई परोपकारी हुन हुन आवश्यक छ, आज पोम्पेईको म्याडोनालाई प्रार्थना गर्ने दिन हो र हाम्रो धन्य आमा मरियम सधैं हाम्रो नजिक हुन हुन्छ । त्यसैले हामी यो नयाँ मिसन र संसारमा शान्तिको लागि प्रार्थना गरौं’ उनले सम्बोधनमा भने । त्यसपछि उनले हेल मेरी प्रार्थना गरेका थिए ।

भ्याटिकनमा भएको पोप कन्क्लेभको दोस्रो दिन मात्रै उनी नयाँ पोप चयन भएका हुन । १३३ कार्डिनलहरूले उनलाई दुई तिहाई बहुमत अर्थात ८९ मतमार्फत पोप चयन भएका हुन । सन् १९०० पछि दुई दिनमा नयाँ पोप चयन भएको यो पाँचौं पटक हो।

मतदानको दोस्रो दिन मात्रै रोमन क्याथोलिक चर्चको सिस्टिन च्यापलमा रहेको चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो, जसले नयाँ पोप चयन भएको संकेतको रूपमा हेरिने गरिन्छ ।

नयाँ पोप चयन हुनेबित्तिकै भ्याटिकनमा उपस्थित ४५ हजारभन्दा बढीले ताली बजाए र एकअर्कालाई बधाई दिए। यसअघि मे ७ मा भएको मतदानको पहिलो दिन कोही पनि पोपमा निर्वाचित भएका थिएनन् । पहिलो चरणको मतदान बुधबार राति करिब ९ः१५ बजे सुरु भएको थियो, हिजो सिस्टिन च्यापलमा एक औपचारिक जुलुस र प्रत्येक कार्डिनलले गोपनियताको शपथ ग्रहण गरेपछि यो प्रकिया सुरू भएको थियो ।

पोप लियो–१६ को जन्म १४ सेप्टेम्बर १९५५ मा अमेरिकाको इलिनोइसमा भएको थियो । उनलाई पोप फ्रान्सिसको नजिकको सहयोगी मानिन्थ्यो र उनको विचारधारा पनि पोप फ्रान्सिससँग मेल खाने गरेको छ । उनले पोप फ्रान्सिसको डिभोर्स र पुनर्विवाहित महिलाहरूलाई चाड मनाउन अनुमति दिने निर्णयलाई समर्थन गरे।

जब कार्डिनल पोप निर्वाचित हुन्छ, उसलाई के नामले सम्बोधन गर्ने भनेर रोज्न लगाइन्छ । यो परम्परा छैठौं शताब्दीदेखि चलिआएको छ। पोपसँग कुनै पनि नाम छनोट गर्ने स्वतन्त्रता छ, तर सामान्यतया उसले अघिल्लो पोप वा संतहरूको नाम छाने गरेका हुन्छन् । उनले पोप लियो–१६ चुनेका हुन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.