अञ्जली दिदीले चेलबेटीविहीनहरुलाई लगाइदिइन् सामूहिक भाइटीका
अञ्जली दिदीले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन् ।
अञ्जलीले विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी छन् । यसपालि पनि उनले आज भाइटीकाको दिन काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिएकी छन् ।
उनले २६ वर्षदेखि निरन्तर वसन्तपुरस्थित काष्ठमण्डपमा सामूहिक भाइटीका लगाइदिँदै आएको बताइन् । यस वर्ष पनि उही सम्मान, माया र निस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएको अञ्जली दिदीको भनाइ छ ।
अञ्जलीले तिहारमा आफूसँग भाइटीका लगाउने दाजुभाइलाई विशेष उपहार प्रदान गरेकी थिइन् ।