बंगलादेशमा हुने साफ यु-२० महिला च्याम्पियनसीपका लागि मैदानमा उत्रने नेपाली खेलाडी टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज सोमबार २३ सदस्यीय नेपाली खेलाडी टोलीको घोषणा गरेको हो । टोलीको मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ रहनेछन् ।
च्याम्पियनसिप आउँदो जुलाई ११ देखि २२ सम्म हुनेछ । उक्त च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका र भुटान सहभागी हुनेछन् ।
यी हुन्, छनोट नेपाली टोली
लिला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।