Connect with us

राजनीति

भारतका विश्वविद्यालयमा नेपाली विद्यार्थी असुरक्षित भएकै हुन् ?

Published

on

राष्ट्रिय सभा बैठकमा भारतका विश्वविद्यालयमा नेपाली विद्यार्थी असुरक्षित भएको विषयमा आवाज उठेको छ । मंगलबारको बैठकमा शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डष्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयले नेपाली विद्यार्थीहरु भारतमा असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद रेणु चन्दले भारतका विश्वविद्यालय नेपाली विद्यार्थीका लागि असुरक्षित भएकै हो भन्दै तुरुन्त नेपाल सरकारले भारतसँग कुरा गरोस् भनिन् । उनले केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि बर्बर दमन भएको भन्दै आक्रोश व्यक्त गरिन् । 

सांसद रुक्मिणी कोइरालाले प्रकृति लम्सालको मृत्यु शंकास्पद देखिएको भन्दै नेपाली विद्यार्थीहरुको उद्धारबारे सरकारले पहलकदमी लिनुपर्ने बताइन् । नेपाली युवती स्वदेश र विदेशमा किन यस्तो घटनामा पर्छन् भन्दै उनले असन्तुष्टि जनाइन् । 

सांसद विष्णुकुमारी सापकोटाले भारतसँग कूटनीतिक वार्ता गरेर सरकारले नेपाली विद्यार्थीको उद्धार गर्नुपर्ने बताइन् । 

सांसद विष्णुकुमार पुडासैनीले काठमाडौं उपत्यकाका सडकको अवस्था हेरिनसक्नु भएको भन्दै सडक खाल्डाखुल्डी हुन नदिन सडक निर्माण गर्दा एकैपटक गर्न र समन्वय गर्नुपर्ने बताइन् । उनले बागमती नदी दुर्घन्धित भएको भन्दै सरकारले सफाइ गर्नुपर्ने धारणा व्यक्त गरिन् । 
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.