Connect with us

समसामयिक

कलाकार ‘बले’ पक्राउ

Published

on

कलाकार सागर लम्साल ‘बले’ पक्राउ परेका छन् । काठमाडौं प्रहरीका एसपी पवन भट्टराईले सोधपुछका लागि पक्राउ ग।िरएको बताए ।

अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले सामाजिक सञ्जालमार्फत उनलाई बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक वर्षअगाडि अमेरिका गएको समय आफ्नै अपार्टमेन्टमा उनले बलात्कार गरेको ती युवतीले सामााजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी थिइन् ।

‘तिम्रो अपार्टमेन्ट हेरौँ’ भनेर लम्साल आएको र बलात्कार गरेको युवतीको आरोप छ । आफूले चिनेको मान्छे सम्झिएर संघर्षबारे सुनाएको तर लम्सालले ‘राक्षसी’ प्रवृत्ति देखाएको उनले आरोप लगाएकी छन् । दशौँ वर्षदेखि पारिवारिक सम्बन्ध रहेको व्यक्तिले नै राक्षसी प्रवृत्ति देखाएको उनको भनाइ छ ।

आफूले न्याय पाउनेमा उनले शंका व्यक्त गरेकी छन् । फेरि यस्तै घटना नदोहोरिऊन् भनेर सार्वजनिक गरेको उनले बताएकी छन् । आफ्नो बुवालाई घटनाबारे बताउन चाहे पनि नसकेर सामाजिक सञ्जालमार्फत यसलाई बाहिर ल्याएको उनले उल्लेख गरेकी छन् । आफ्नो जिन्दगी नै बर्बाद भएको उनले बताएकी थिइन् । त्यसपछि प्रहरीले ‘बले’को खोजी गरेको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.