Connect with us

समसामयिक

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

Published

on

नेपालस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा हिजो बिहीबार एक विशेष कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गर्यो ।

वरिष्ठ नेपाली कलाकार विधाता केसीका सिर्जनाहरुको उक्त प्रदर्शनीमा पाकिस्तान भ्रमणका उनका अनुभव तथा सांस्कृतिक, सामाजिक र प्राकृतिक विविधताबाट प्रेरित चित्र समावेश गरिएको थियो । चित्रका माध्यमबाट पाकिस्तानका रङ्गीन परिदृश्य, सांस्कृतिक धरोहर तथा स्थानीय जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन्।

त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार हाश्मीले सांस्कृतिक कूटनीति दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने महत्वपूर्ण माध्यम भएको बताउँदै यसबाट आपसी सांस्कृतिक आदानप्रदान र समझदारी वृद्धि हुनेमा आफू विश्वस्त रहेको बताएका थिए।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.