Connect with us

खेलकुद

साफ यू-२० च्याम्पियनसिपमा माल्दिभ्समाथि भुटानको जित

Published

on

काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह बी अन्तर्गत भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

यो जितपछि भुटानको सेमिफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ । अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समुह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने भएको छ । 

आइतबारदेखि शुरु भएको प्रतियोगिताको समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । 

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । 

त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 
 


Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.