Connect with us

समसामयिक

भुटानका राजा-रानी पाँच घण्टाका लागि काठमाडौं ओर्लदै, स्वयम्भु र बौद्धको दर्शन गर्ने

Published

on

भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमा वाङचुक काठमाडौं आउँदैछन् । स्वयम्भु र बौद्ध दर्शन गर्न उनीहरु काठमाडौं उत्रन लागेका हुन् ।

सुरक्षा स्रोतका अनुसार भुटानी राजा-रानी करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । उनीहरु करिब पाँच घण्टा काठमाडौंमा बसेर स्वदेश फर्कने कार्यक्रम छ । उनीहरु भारतको भ्रमणमा छन् ।

भारतबाट करिब पाँच घण्टाका लागि उनीहरु काठमाडौं आउने भएपछि सुरक्षा कडा पारिएको छ । भुटानका राजा-रानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै स्वयम्भु जाने कार्यक्रम छ । त्यहाँ पूजापाठ गरिसकेपछि उनीहरु बौद्ध जाने छन् ।

बौद्धबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल फर्किएर उनीहरु दिउँसो २ः४० बजे भुटान फर्कने तालिका छ । उनीहरुको यो यात्रा नितान्त निजी भएको बताइएको छ । नेपालमा रहदा उनीहरुले सरकार तथा राजनीतिक दलका नेताहरु कसैलाई पनि भेट्ने छैनन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.