भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका क्रममा केही समय अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा उत्रिएका छन् । विमानस्थलमा राजा वाङचुकलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्वागत गरेकी छन् ।
विमानस्थलमा उत्रिएर राजा वाङचुक स्यम्भुनाथको दर्शन गर्न पुगेका छन् । स्यम्भुको दर्शनपछि उनी बौद्ध पुग्ने कार्यक्रम छ । भारतको औपचारिक भ्रमणमा रहेका वाङचुक त्यही मेसोमा काठमााडैं आएका हुन् । वाङचुक आजै भुटान फर्कने कार्यक्रम छ ।