Connect with us

अर्थ

अविरल वर्षाले लुक्लाका सात उडान ढिलाइ, थामखर्कको रद्द

Published

on

गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् । रातिदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेकाले उडानहरू प्रभावित भएका हुन् ।

अविरल वर्षाले आज शनिबार बिहानका लागि तय भएका लुक्लाका सातवटा उडान डिले (ढिलाइ) भएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार थामखर्कको एउटा उडान रद्द भएको छ ।

अरू उडान र अवतरण भने नियमित रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडान र अवतरण भने नियमित छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.