जलवायुले सिर्जित गरेका जोखिमका विषयमा आजदेखि अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसीसीसी० का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन ९कोप–२९० सुरु हुँदैछ । कोप नोभेम्बर २२ तारिख ९मङ्सिर ७ गते० सम्म चल्ने छ । नेपालका तर्फबाट कोप सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल हिजै बाकु प्रस्थान गरिसकेका छन् ।
राष्ट्रपति पौडेलले कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउँदै छन् । सम्मलेलनमा एक सय ९२ भन्दा बढी मुलुकहरुक राष्ट्रप्रमुखदेखि उच्च पदस्थ अधिकारीहरु सहभागी हुनेछन् । जहाँ राष्ट्रपति पौडेलले हिमाल, ताललगायतको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछन् । उनले जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरणसमेत प्रस्तुत गर्दै छन् ।