Connect with us

समसामयिक

सर्वोच्चमा नियुक्त दुई न्यायाधीशलाई तोकियो जिम्मेवारी

Published

on

सर्वोच्च अदालतमा नियुक्त न्यायाधीशद्धय नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई आज सोमबारबाटै न्याय निरुपणको जिम्मेवारी तोकिएको छ । न्यायाधीशद्वय निरौला र पाण्डेलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराई जिम्मेवारी तोकिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई हिजो आइतबार अजरबैजान उड्नु अघि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका थिए। निरौला र पाण्डे गत २३ गते शुक्रबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएका थिए । संसदीय सुनुवाइ समितिबँट अनुमोदन हुनुअघि निरौला उच्च अदालत, पाटन र पाण्डे उच्च अदालत तुल्सीपुरको मुख्य न्यायाधीश थिए।

सर्वोच्चको जिम्मेवारी पाएको पहिलो दिन गोला प्रथाबाट इजलास छनोट गर्दा निरौला इजलास नं. ३ मा हरिप्रसाद फुयालसँग संयुक्त इजलासमा परेका छन् भने पाण्डे इजलास नं. ६ मा नहकुल सुवेदी (विद्यावारिधि) सँग संयुक्त इजलासमा परेका छन् । साथै निरौलाको इजलास नंं. ९ को एकल इजलास समेत परेको छ ।

सर्वोच्च अदालतमा न्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअगावै नयान् सिफारिस गरिसक्नुपर्ने संविधानमै व्यवस्था भए पनि न्याय परिषद्ले निकै लामो समयको रिक्ततापछि दुई जना मात्र सिफारिस गरेको थियो । यी नाम नाम सिफारिसमा पनि नेपाल बार एसोसिएसनले विरोध गरेको थियो।

सर्वोच्चमा दुई न्यायाधीश नियुक्त भए पनि चार पद अझै रिक्त छन् । दशैंकै मुखमा प्रधान न्यायाधीश नियुक्त प्रकाशमानसिंह राउतले सर्वोच्चमा न्यायाधीश नियुक्ति प्रक्रिया सम्पन्न गर्न सकेका छैनन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.