खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा आज राति सवा दस बजे हुने
आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपाल आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्याण्डसँगको प्रतिस्पर्धासँगै नपालले विश्वकप लिग टु अन्तर्गत अमेरिका भ्रमण टुंग्याउँदै छ ।
घरेलु टोलीसँगको दोस्रो खेलमा पनि पराजित नेपाल आज जितका साथ सिरिज अन्त्य गर्ने लक्ष्यमा छ।आफ्नो पहिलो खेलमा अमेरिकासँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । तेश्रो खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो।
नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग–२ खेलिरहेका छन्।अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ।