Connect with us

अन्तर्राष्ट्रिय

युरोपमा फैलियो खतरानाक भाइरस, तीन देशले गरे सिमानामा सिल

Published

on

युरोपेली देश हंगेरी, अस्ट्रिया र स्लोभाकियामा अहिले अराजकताको माहौल छ । 

यस्तो भाइरस यहाँ फैलिरहेको छ, जसका कारण यी देशहरूले आफ्नो सिमाना पनि सिल गरेका छन्। हंगेरीमा ५० वर्षपछि फुट एन्ड माउथ डिजिज (एफएमडी) को प्रकोप देखा परेको छ, जसले युरोपमा त्रास फैलाएको छ ।

यो रोग जनावरबाट सर्ने गर्छ । यही कारण सावधानीका रुपमा यी जनावर मारिन थालिएकोछ । यसका पछाडि केही ठूला षड्यन्त्र भएको आशंका पनि गरिएको छ । हंगेरीका एक वरिष्ठ अधिकारीले यो भाइरस ‘प्राकृतिक हुन नसक्ने’ दाबी गरेका छन्। यो ‘जैविक आक्रमण’ को रूपमा फैलिएको सम्भावना छ।

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानका चीफ अफ स्टाफ गेर्गेली गुल्यासले भने, ‘अहिले हामी भाइरस प्राकृतिक होइन भन्ने कुरालाई नकार्न सक्दैनौं। हामी कृत्रिम रूपमा सिर्जना गरिएको भाइरससँग काम गरिरहेका हुन सक्छौं।’ विदेशी प्रयोगशालाबाट प्राप्त मौखिक जानकारीका आधारमा उक्त आशंका गरिएको बताइएको छ ।

तर, यो अहिलेसम्म पूर्ण रूपमा पुष्टि भएको छैन। विश्व पशु स्वास्थ्य संगठनले यस सम्पूर्ण मामिलामा भनेको छ कि यो प्रकोप पहिलो पटक मार्चमा हंगेरीको उत्तर–पश्चिमी सिमानामा रहेको एउटा गाईवस्तु फार्ममा देखा परेको थियो। त्यसपछि देशभरका करिब १,००० फार्महरूको जाँच गरियो, जसमध्ये चार नमूनाहरूमा भाइरस पुष्टि भएको थियो ।

हंगेरीसँग डिसेम्बर २०२४ सम्म ८.६१ मिलियन गाईवस्तुहरू थिए, जुन इयुमा रहेको कुल गाईवस्तुको १.२५ हो। अहिले यो रोग फैलिन नदिन हजारौं जनावर मारिएका छन् । स्लोभाकियाको दक्षिणी भागमा पनि यो रोग तीव्र गतिमा फैलिरहेको छ । त्यसपछि अस्ट्रियाले हंगेरीसँगको २१ र स्लोभाकियासँगको दुईवटा सिमाना बन्द गर्यो। सिमानामा कीटाणु शोधन केन्द्रहरू स्थापना गरिएको छ।

हंगेरीका किसान पल मिक्सनरले आफ्ना ३ हजार गाईवस्तु मारिएको बताए । जसका कारण उनले धेरै घाटा बेहोरेका छन् । यो सत्य हुन सक्दैन भन्दै सबै रोइरहेका थिए । अझै, मिक्सनर पुनर्निर्माण गर्न कटिबद्ध छन र दुई हप्तामा चारा सङ्कलन गर्ने योजना छ।

फुट एन्ड माउथ डिजिज (एफएमडी)  मानिसका लागि खतरनाक नहुने बताइएको छ । यद्यपि, यो गाईवस्तु, भेडा र बाख्रामा छिटो फैलिन्छ, ज्वरो र मुखमा घाउ निम्त्याउँछ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.