Connect with us

समसामयिक

बँदेलको आक्रमणबाट मृत्यु

Published

on

जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ (दावा)को मृत्यु भएको हो ।
बँदेलको आक्रमणबाट घाइते भएका थिङको उपचारका लागि महेन्द्र राजमार्गस्थित लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
प्रहरी टोलीले मध्यराति नै घटना स्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएको छ । जङ्गली बँदेलले खेतमा लगाएको मकैमा क्षति गरे पछि थिङ केही दिनदेखि मकै रेखदेशका लागि खेतमा बस्दै आएका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.