Connect with us

समसामयिक

बेपत्ता राई पाँच दिनपछि मृतावस्थामा फेला

Published

on

सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई  पाँचदिनपछि मृतावस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३ बजे नदीमा बेपत्ता भएका थिए । स्थानीय र प्रहरीको खोजीपछि शनिबार साँझ राईको शव जिल्लाको रौतामाई गाउँपालिकाको भदौरेस्थित सुनकोशी किनारमा फेला परेको  जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले बताए । घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि १८ कोश उत्तर पहाडी क्षेत्रमा रहेको  छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.