Connect with us

समसामयिक

धादिङ धुनीवेशीका वडाध्यक्ष सुवेदी किर्ते जन्म दर्ताको आरोपमा पक्राउ

Published

on

धुनीवेशी नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान काठमाडौँको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको छ ।

सात महिनादेखि फरार सुवेदी सार्वजनिक किर्ते मुद्दाका फरार प्रतिवादी समेत हुन् । उनले नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र दिएका थिए । त्यही आधारमा नागरिकता बनाई त्यसको प्रयोग गरी जग्गा बिक्री गरेको अभियोगमा जिल्ला अदालत धादिङमा मुद्दा दर्ता गरिएको थियो ।

प्रहरीको खोजी सूचीमा रहेका सुवेदीलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि धादिङ ल्याइएको छ । सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट तथा २०७९ सालको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट निर्वाचित भई वडा अध्यक्ष बनेका थिए ।

गोरखापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.