Connect with us

समाज

गरुडा नगरपालिकामा किसानलाई कृषि बिजुली निःशुल्क

Published

on

रौतहटको गरुडा नगरपालिकाले पनि किसानले सिंचाई प्रयोजनको लागी चलाएको कृषि मीटरको विद्युत महशुल भुक्तानी गरेको छ। 

जिल्लाको १८ पालिका मध्ये यस अघी मौलापुर, फतुवा बिजयपुर र बौधिमाई नगरपालिकाले नगरवासीको विधुत महशुल भुक्तानी गर्दै आएको थियो ।

अब गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालको पहलमा यस आर्थिक बर्ष देखि कृषिमीटरको विद्युत महशुल नगरकोष बाट बुझाउन सुरु गरिएको हो।

वडा १ देखि  ८ सम्मका कृषक द्वारा सिंचाईका लागि जडान गरिएका कृषिमिटरको विद्युत महशुल १० लाख ३२ हजार ४७९ रुपैयाँ नेपाल विद्युत प्राधिकरण गौर शाखामा सोमवार बुझाएको मेयर जैसवालले बताएका छन्। 

छुटेका वडा ९ को सेवा केन्द्र अर्थात विद्युत प्राधिकरण शाखा चन्द्रपुर रहेकोले सोको भुक्तानी केही दिन भित्रै गरिने उनले जानकारी दिएका छन्।

गरुडा नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८२ को बजेटमा प्रस्तुत गरिएको प्रतिबद्धता अनुसार कृषि मीटरको विधुल महशुल भुक्तानी गरिएको हो, कृषि मिटर लिएका किसानहरूको पहिला देखि बाँकि रहेको कृषि मिटरको बिल समेत समेटिएको प्रमुख प्रशासकीय अधिकृत उस्ताख आलमले न्युज कारखानालाई बताए ।

गरुडा नगरपालिकाले कृषि तथा सिँचाइ क्षेत्रलाई बलियो र उत्पादनमुखी बनाउने निरन्तर प्रयास गर्दै आएको जनाएको छ। आगामी दिनहरूमा पनि कृषकहरूको हितका लागि आवश्यक पहलहरू तीव्र गतिमा अघि बढाइने प्रशासकिय अधिकृत आलमले जानकारी दिएका छन्। 

यसअघि मौलापुर र फतुवा बिजयपुर नगरपालिकाले नगरवासीको घरायसी र कृषी प्रयोजनको लागी उठ्ने सम्पूर्ण विद्युत महशुल भुक्तानी गर्दै आएको छ। त्यस्तै बौधिमाई नगरपालिकाले किसानको सिंचाईको लागि प्रयोग गरिने कृषि मिटरको विद्युत महशुल तिर्दै आएको छ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.