Connect with us

राजनीति

महोत्तरीमा कम्युनिस्ट घटक पाँच दलले एकै ठाउँबाट लेनिन शताब्दी दिन मनाउने

Published

on

विश्व प्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर लेनिनको स्मृतिमा शताब्दी वर्ष मनाउन महोत्तरीका कम्युनिस्ट घटक पाँच दल गृहकार्यमा जुटेका छन ।

९ बैशाखमा शताब्दी पुग्ने दिनलाई मध्यनजर गर्दै `लेनिनवादको आलोकमा नेपाली समाजवादी क्रान्ती´ विषयमा भब्य अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको हो ।

बर्दिवासस्थित विनायक व्याङक्विटमा आयोजित उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एस, विप्लव नेतृत्वको नेकपा, बैज्ञानिक समाजवादी पार्टी लगायतका प्रतिनिधिहरु  सहभागी वन्ने आयोजक पक्षले जनाएको छ ।

पुर्व राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालको संयोजकत्वमा हुने उक्त अन्तर्कृयामा पार्टीका निर्धारित प्रतिनिधिहरुले वोलेपछी खुल्ला छलफल गरिने लेनिन शतबार्षिकी समारोह समितिले जानकारी दिएको छ  ।

समितिका सदस्य तथा बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रिय प्रबक्ता मदन अर्यालका अनुसार रोशन जनकपुरीले कार्यपत्र पेश गर्नेछन ।

दलको प्रतिनिधित्व हुनेगरि प्रदेश र केन्द्रिय तहका नेताहरुले वोल्ने र औपचारिकता भन्दा पनि सिधै अन्तर्कृयामा प्रवेश गर्ने अर्यालले जानकारी दिए ।

लेनिनको एक शताब्दी बर्षलाई मध्यनजर गर्दै बर्ष दिन अगाडिदेखि कम्युनिस्ट पार्टीहरुले विभिन्न कार्यक्रमको घोषणा गरेका थिए । बर्षदिन देखि भैइरहेका कार्यक्रमहरुको यो दिनमा औपचारिक समापन समेत हुने नेताहरुले वताएका छन ।

भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल १८७० मा भोल्गा नदीको किनारमा रसियाको  सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने शहरमा भएको थियो ।  इतिहासका अभूतपूर्व क्रान्तिकारी नेता लेनिनको मृत्यु २१ जनवरी १९२४ मा भयो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.