Connect with us

अर्थ

बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

Published

on

नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिएकामध्येका ५ जनाको नाम ‘सर्टलिस्ट’ भएको छ । प्रधिबरणको  रिक्त रहेको पदका लागि ‘सर्टलिस्ट’ मा पर्नेमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् । सरकारले अध्यक्ष नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको फागुन ४ गते बसेको बैठकले यी ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो । 

हाल अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको थियो ।  ‘सर्टलिस्ट’ मा परेका ५ जनालाई फागुन ११ गते व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताको लागि बोलाएको अर्थमन्त्रालयले जनाएको छ । बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल माथि भ्रष्टाचार मुद्दा लागेपछि सो पद अहिले खाली छ । 
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.