Connect with us

समसामयिक

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता हुने

Published

on

 हेटौडामा पहिलो पटक इ–स्पोटर्स अन्तरगत फ्रि फायर प्रतियोगिता आयोजना हुने भएकाे छ ।

आयोजकले  पत्रकार सम्मेलन गरेर हेटौँडाबाट प्रसारण हुँदै आएको नेशनल गोल्ड टेलिभिजनको आयोजनामा प्रतियोगिता हुन लागेको जानकारी दिएको छ ।  

पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक उत्सर्ग चौलागाईले बिहीबार देखि सुरु हुने इ–स्पोट्र्स अन्तर्गत फ्रि फायर प्रतियोगितामा १ हजार जना सहभागीहरू निश्चित भइसकेको जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि ३ दिनमै एक हजार सहभागीको आवेदन प्राप्त भएपछि आवेदन लिन बन्द गरिएको उनले बताए । 

प्रतियोगितामा प्रारम्भिक चरणका खेलहरू अनलाइनमार्फत नै हुने र क्वार्टरफाइनल चरणदेखिका खेल भौतिक रुपमा उपस्थिति भएर हुने उनले बताए । हेटौँडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रयोजन रहेको प्रतियोगिताको भौतिक रुपमा हुने खेलहरू हेटौँडा–१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा हुने बताइएको छ । प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने साथै जम्मा पुरस्कार रकम १ लाख रुपैयाँ हुने आयोजकले जानकारी दिएको छ । 

कार्यक्रममा टेलिभिजनका अध्यक्ष उज्जवल चौलागाईले अहिलेको सूचना प्रविधिमा आधारित युवा पुस्ता माझ लोकप्रिय खेल पहिलो पटक आयोजना गर्न लागिएको उनले बताए । प्रतियोगितामा १६ वर्ष उमेर पूरा भएका व्यक्तिले मात्रै सहभागिता जनाउन पाउने जनाइएको छ । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.