Connect with us

राजनीति

भैरहवा विमानस्थलवाट नियमित रूपमा ४ विमान कम्पनीले उडान भर्नेछन्: प्रधानमन्त्री

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा बिमानस्थलवाट चारवटा बिमान कम्पनिले नियमित उडान गर्ने जनाएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बुटवलवाटै श्रम स्वकृति दिने ब्यवस्था मिलाएको जानकारी दिदैँ गौतम बुद्द अन्तराष्ट्रिय बिमानस्थलवाट अब नियमित ४ अन्तराष्ट्रिय उडान हुने जनाएका हुन ।

‘हाल अलजजिरा, फ्लाई दुवई, एअर एसिया र नेपाल एअरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गरिरहेका छन्, श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न शुरु भएको छ,’ उनले भने, ‘साथै, अध्यागमन, मुद्रा सटही लगायतका बैंकिङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइएको र भविष्यमा उक्त विमानस्थललाई पूर्ण क्षमतामा सञ्‍चालन गर्नेगरी काम भइरहेको छ ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्‍चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेकोसमेत उनले जानकारी दिए । ‘यात्रु सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरू सञ्‍चालनमा ल्याएको छ,’ उनले भने ।

लुम्बिनी प्रदेशमा सुविधा सम्पन्न बर्थिङ हस्पिटल निर्माण गर्नका लागि नेपाल सरकार, थाइल्याण्ड अन्तर्राष्ट्रिय सहयोग नियोगको सहकार्यमा सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए ।

लुम्बिनी क्षेत्रको अपार धार्मिक एवम् पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै सन् १९७८ मा डिजाइन स्वीकृत भएको लुम्बिनी गुरुयोजना अनुसार निर्माण कार्यहरू भइरहेको जानकारीसमेत गराएका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.