Connect with us

अर्थ

ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब नाफा

Published

on

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ४९.५१ प्रतिशतले खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ नाफाले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यता, बैंकको खुद ब्याज आम्दानी भने ४.४१ प्रतिशतले घटेर १० अर्ब ३८ करोड ३९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी खुम्चिएपनि इम्पेयरमेन्ट चार्ज घट्दा यसको खुद नाफा बढ्न टेवा पुगेको हो । गत वर्ष ४ अर्ब १३ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष २ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।

पुस मसान्तसम्म आइपुदा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसाले बढेर १६ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा छ । चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ । आरओई ९.६९ प्रतिशत छ । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.