Connect with us

अन्तर्राष्ट्रिय

मस्कलाई बंगलादेशमा स्टारलिङ्क इन्टरनेट शुरु गर्न सरकार प्रमुख युनुसको पत्र

Published

on

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले अर्बपति अमेरिकी व्यवसायी एलन मस्कलाई बंगलादेश भ्रमणको निम्तो दिएका छन् ।

उनले देशमा स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न शीर्ष अमेरिकी व्यापारी तथा स्पेसएक्सका सीईओ मस्कलाई पत्र लेख्दै बंगलादेश भ्रमणको निम्ता दिएका हुन् । फेब्रुअरी १९ मा लेखिएको पत्रमा युनुसले मस्कलाई आफ्नो बंगलादेश भ्रमणले यस अग्रणी प्रविधिका मुख्य लाभार्थीहरूमध्ये एक हुने युवा बंगलादेशी पुरुष र महिलाहरूलाई भेट्ने अवसर दिने बताएका थिए ।

उनले मस्कलाई राम्रो भविष्यको लागि उनीहरूको पारस्परिक दृष्टिकोणलाई साकार पार्न सँगै काम गर्न आह्वान गरेका छन् ।

बंगलादेशको पूर्वाधारमा स्टारलिङ्कको कनेक्टिभिटीले रूपान्तरणकारी प्रभाव पार्ने, सरकारी समाचार एजेन्सी बीएसएसले रिपोर्ट गरेको छ । यसले विशेष गरी बंगलादेशका उद्यमी युवाहरू, ग्रामीण र कमजोर महिलाहरू, र दुर्गम र वञ्चित समुदायहरूलाई फाइदा पुर्‍याउने रिपोर्टमा उल्लेख छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.