Connect with us

समसामयिक

शेरा दरबारमा मेरो कुनै संलग्नता छैन, भेटिएमा मलाइ पनि कारबाही होस्ः प्रचण्ड

Published

on

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटस्थित  शेरा दरबारको छानबिनमा सहयोग गर्ने बताएका छन ।

उनका पार्टीका पुर्व कार्यालय सचिव विकेश श्रेष्ठले सो दरबारको जग्गा ब्यक्तिको नाममा नामसारीस् गरेको खुलासा भए पछि पछिल्लो समयमा सो बिषय चर्चामा आएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद वासुदेव घिमिरेको गृहमन्त्री रमेश लेखकलाई शेरा दरबारको जग्गाबारे सोधे पछि प्रचण्डले पनि त्यसमा थप जवाफ दिएका हुन ।

‘शेरा दरबारको जग्गाबारे कानून विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, यति काम गरेमा म सरकारलाई धन्यवाद  भन्छु’ उनले बैठकमा भने, ‘शेरा दरबारमा दोषीलाई कारवाहीको दायरामा ल्याइयोस् ।’ सो दरबारका बारेमा आफुले सार्बजनिक मञ्च र सामाजिक सञ्जालवाट पनि प्रस्टीकरण दिदैँ सरकारको जमिन व्यक्तिको नाममा ल्याउनेलाई कानूनी कारवाही गर्नुपर्छ भन्ने पक्षमा रहेको जनाए ।  

‘राज्यको जमिन व्यक्तिको नाममा गएको छ भने कानून बमोजिम फिर्ता ल्याउनुपर्छ, छानबिन गर्दै गएमा प्रचण्ड पनि देखिएको छ भने पनि मलाइ पनि छानबिनको दायरामा ल्याउनुहोस्,’ उनले भने । तर, सो प्रकरणमा आफ्नो नाम जोडिएकोमा भने उनले दुःख ब्यक्त गरेका छन ।

गौरीगञ्ज झापाको आमसभामा पनि अध्यक्ष प्रचण्डले बिकेश श्रेष्ठले पार्टी छाडेर गएको १०–१२ बर्ष भइसकेको जनाउँदै आफ्नो नाम नमुछन आग्रह गरेका थिए । 
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.