Connect with us

अन्तर्राष्ट्रिय

भारत-क्यानडा विवादमा अमेरिका क्यानडाको पक्षमा !

Published

on

खालिस्तानी समर्थक हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई लिएर भारत र क्यानडाबीच तनाव चरम सीमामा छ ।

यसैबीच अमेरिकाले भारतले क्यानडालाई अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय सरकारी अधिकारीको संलग्नता रहेको दाबी गरेका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पत्रकार सम्मेलनमा भने, ‘यी आरोपहरू अत्यन्त गम्भीर छन् र यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ भनेर स्पष्ट पारेका छौं । हामी भारत सरकारले क्यानडालाई अनुसन्धानमा सहयोग गरोस् भन्ने चाहन्छौं।  पक्कै पनि उसले त्यो बाटो रोजेको छैन ।’

जुन १८, २०२३ को साँझ क्यानडाको सरे सहरमा रहेको गुरुद्वाराबाट निस्कने क्रममा हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो । गत वर्ष सेप्टेम्बर १८ मा क्यानडाका प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए जसलाई भारतले अस्वीकार गरेको थियो ।

यो विषयमा क्यानडाले भारतीय राजदुतसहित उच्च कुतिनितीज्ञलाई पत्र काटेर आरोप लगाएपछि यो विषय अहिले फेरी बढेको हो । क्यानडाको पत्रपछि आफुहरुलाई क्यानडा सरकारप्रति भरोसा नभएको भन्दै आफ्ना राजदुतलाई फिर्ता बोलाएको थियो । अब यो प्रकरण चर्किदै गएपछि अहिले दुवै देशले एक अर्काका ६-६ कुटनीतिज्ञलाई निष्कासन गरेका छन् ।
  

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.