Connect with us

समसामयिक

हनुमानढोकामा सुरु भयो इन्द्रजात्रा

Published

on

काठमाडौंको हनुमानढोकाको कालभैरव मूर्ति अगाडि इन्द्रध्वज (लिंगो) उठाएर इन्द्रजात्रा सुरु भएको छ । इन्द्रध्वज उठाएलगत्तै लाखे आजु, पुलुकिसी, भैरव र अन्य सबै देवगणलाई बाहिर निकालेर जात्रामा सहभागी गराइन्छ ।

पर्सी शनिबार इन्द्रजात्राको मुख्य दिन हो । त्यसदिन वसन्तपुरबाट देवी कुमारी, भैरव र गणेशको रथयात्रा गरिन्छ । इन्द्रजात्रालाई देवताहरूको जात्रा पनि भनिन्छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यस वर्षको इन्द्रजात्रामा विगतभन्दा केही फरक कार्यक्रम समावेश गरिएको बताए । यस वर्ष भिडियो डकुमेन्ट्री प्रतियोगिता, सम्पदा पदयात्रा, मेड इन काठमाडौंमार्फत माटाका सामान बनाउने कलाको प्रत्यक्ष प्रदर्शनी र तस्बिर प्रदर्शन गरिने उनको भनाइ छ ।

इन्द्रजात्राका लागि रथयात्राअन्तर्गत भदौ २२ गते माथिल्लो टोलमा रथयात्रा, भदौ २६ गते बिहीबार नानिचा यात्रा हुनेछ ।
बाह्खरी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.