Connect with us

अन्तर्राष्ट्रिय

गाजाबासीलाई आफ्नो थातथलो छाड्न इजरायली सेनाको निर्देशन

Published

on

इजरायली सेनाले गाजा सहरका बासिन्दालाई आज शनिबार योजनाबद्ध आक्रमण गर्नुअघि आफ्ना् थातथलो छाड्न निर्देशन दिएको छ । सेनाले आक्रमणका लागि कुनै समय(सीमा नतोकी आक्रमणको घोषणा गरेको जनाइएको छ ।

घोषणालाई आत्म साथ गरी मानवीय क्षेत्रबाट चाँडै सर्न सैन्य प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत् निर्देशन दिएका हुन् । गाजाको दक्षिणी तटमा रहेको अल–मवासीमा खाना, शिविर, औषधि र चिकित्सा उपकरणको निरन्तर आपूर्तिको साथै घुम्ती अस्पताल, पानी लगायतका सुविधा भएको सेनाले बताएको छ ।

अल(मवासीमा संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा राहत सहयोगका प्रयास निरन्तर जारी रहनेसमेत जनाइएको छ। सुरुवाती समयमा इजरायलले अल(मवासीलाई सुरक्षित क्षेत्र घोषणा गरेको थियो, तर नागरिकबिच लुकेका हमास लडाकुहरूलाई लक्षित गरेको भन्दै हाल त्यहाँ बारम्बार आक्रमण गरिरहेको छ ।

स्थानीय बासिन्दाहरुले कोही बस्ती खाली गर्न भन्ने र कोहीले बस्नुपर्ने बताएपछि दोहोरो आक्रमणको त्रासबिच हाल उनीहरू रिमल क्षेत्रको एउटा शिविरमा शरण लिइरहेको जनाएका छन् ।

अमेरिका ‘गम्भीर वार्ता’मा

लगभग दुई वर्षको द्वन्द्व अन्त्य गर्न बढ्दो अन्तर्राष्ट्रिय दबाबको बाबजुद गाजा सहर वरपर आफ्नो कारबाही बढाउँदै गर्दा इजरायली सेनाले प्यालेस्टिनी नागरिकलाई बस्ती छोड्न निर्देशन गरेको छ । हमासले गत महिना अस्थायी युद्धविराम र चरणबद्ध बन्धक मुक्तिको प्रस्तावमा सहमति जनाएको थियो । यसैबिच, इजरायलले आतङ्कवादी समूहलाई सबै बन्धकलाई एकैचोटि रिहा गर्न, अन्य सर्तसहित निरस्त्रीकरणको माग गरेको छ ।

हिजो शुक्रबार ह्वाइट हाउसमा पत्रकार समक्ष राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका बन्दीको विषयलाई लिएर अमेरिकाले हमाससँग वार्ता गरिरहेको बताएका थिए । गत महिना अनिकाल घोषणा गरेको गाजा सहर र वरपर करिब १० लाख मानिस रहेको संयुक्त राष्ट्रसङ्घको अनुमान छ । यदि आक्रमण जारी रह्यो भने यसले ‘प्रकोप’ निम्त्याउने चेतावनीसमेत राष्ट्रसङ्घले दिएको छ । इजरायलको आक्रमणले दस लाख मानिसहरु विस्थापित हुने अनुमान छ ।
विभिन्न समाचार एजेन्सी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.