Connect with us

अन्तर्राष्ट्रिय

दुई महिना यताको इजरायलको भीषण हमलामा गाजामा १५१ को मृत्यु

Published

on

इजरायली सेनाले आइतबार गाजाका विभिन्न क्षेत्रमा जमिनी आक्रमण गरेको छ ।

अल जजीराको रिपोर्टका अनुसार एकै दिनमा यी आक्रमणमा १५१ जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २ महिनामा इजरायलले गरेको यो सबैभन्दा ठूलो हमला हो।

यसअघि मार्च १८ मा इजरायली हमलामा ४ सयभन्दा बढीको मृत्यु भएको थियो । इजरायलले गाजा पट्टीमा विगत ४ दिनदेखि आक्रमणलाई तीव्र पारिरहेको छ । यी ४ दिनमा अहिलेसम्म झण्डै ४ सय जनाको मृत्यु भएको छ।

इजरायलले गाजालाई नियन्त्रण गर्न मे ५ मा ‘गिडोन केरियट्स’ सैन्य अभियान सुरु गरेको थियो। इजरायलले हमासको अन्त्य नभएसम्म आफ्नो कारबाही जारी राख्ने बताएको छ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.