Connect with us

अन्तर्राष्ट्रिय

बेलायतले इजरायललाई रक्षा सम्मेलनमा आउन लगायो प्रतिबन्ध

Published

on

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई बेलायतबाट दोस्रो झट्का लागेको छ । 

प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरेको बेलायतले अब लण्डनमा हुन लागेको ठूलो रक्षा सम्मेलनमा इजरायली अधिकारीलाई प्रवेशमा रोक लगाउने घोषणा गरेको छ । बेलायतले लिएका यी दुवै निर्णयले बेलायतले गाजा युद्ध सम्बन्धी इजरायलको नीतिबाट अब आफूलाई टाढा राखेको सङ्केत गरेको छ ।

डिफेन्स एन्ड सेक्युरिटी इक्विपमेन्ट इन्टरनेशनल अर्थात् डिएसएआइ सम्मेलन लण्डनमा हुन लागिरहेको छ । बेलायत सरकारले इजरायली सरकारी अधिकारीहरू यस सम्मेलनमा भाग लिन नपाउने घोषणा गरेको छ। यो निर्णय गाजा युद्धसँग प्रत्यक्ष जोडिएको छ। 

सम्मेलनका प्रवक्ताले इजरायली सरकारले गाजामा सैन्य कारबाही बढाउने निर्णय गलत भएको बताउँदै रक्षा सम्मेलनमा सहभागितामा बेलायतले प्रतिबन्ध लगाइएको हो । 

उनले भनेका छन कि अब यो आवश्यक छ कि इजरायलले तुरुन्त युद्ध रोक्न, बन्धकहरूलाई रिहा गर्न र गाजाका जनतालाई मानवीय सहायता उपलब्ध गराउनु पर्छ। 

तर, पनि इजरायली हतियार कम्पनीहरूलाई यो प्रदर्शनीमा भाग लिन भने अनुमति दिइएको छ। आयोजकहरू आशा गर्दछन् कि उनीहरूको उपस्थितिले व्यापक विरोध जगाउने छ।

जुलाईमा बेलायती प्रधानमन्त्री केयर स्टाररले सेप्टेम्बरसम्म प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका थिए। यस कदमबाट इजरायल गहिरो आक्रोशित छ र उसले बेलायतसँगको रक्षा र सुरक्षा सहयोगमा पुनर्विचार गर्न सक्ने चेतावनी दिएको छ।

द टाइम्सको रिपोर्ट अनुसार नेतन्याहु सरकारले बेलायतको अडानलाई जवाफ दिन धेरै विकल्पहरू विचार गरिरहेको छ। बेलायतको यो अडानले इजरायल–बेलायत सम्बन्धमा बढ्दो तनावलाई तिब्रता दिनेछ । रक्षा सम्मेलनमा इजरायली अधिकारीहरूको अनुपस्थितिले भविष्यमा दुई देशबीचको सम्बन्धमा गहिरो छाप छोड्न सक्छ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.