मुग्लिन मलेखु सडकखण्डमा पर्ने धादिङको जवाङ खोलामा आएको पहिरो पन्छाएर यातायात सञ्चालनमा आएको केही समय नबित्दै चितवनको तुइनखोलमा पुन ठूलो पहिरो गएपछि सडक पूर्णत अवरुद्ध भएको छ।
धादिङको जवाङ पहिरोले गएराति १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग आज अपराह्न ३ बजेबाट सञ्चालनमा आएको थियो । मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालका अनुसार तुइनखोलमा पुन ठूलो पहिरो गएपछि सडक पूर्णत अवरुद्ध भएको छ।
ुधादिङतर्फ सञ्चालनमा ल्याइएको छ तर मुग्लिन नारायणगढको तुइनखोलमा पुन ठुलो पहिरो आएपछि अवरुद्ध भएको छ। मङ्गलबार दिउँसो १२ बजे ठुलो पहिरो आएपछि मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ,ु नेपाल भन्छन् ।
गन्तव्यमा जान वैकल्पिक बाटो अपनाउन नेपालले यात्रुहरुलाई अनुरोध गरेका छन् । आज अपरान्ह झरेको पहिरो निकै ठूलो भएकाले पन्छाउन कठिन भइराखेको नेपालको भनाइ छ । पहिरो झरिराखेकाले पन्छाउने काम गर्न नसकिएको उनले बताएका छन् ।
पहाडनै खसेकाले यातायात कहिले सञ्चालन गर्न सकिन्छ ? यकिन गर्न नसकिने उनको भनाइ छ । मुग्लिन नारायणगढ सडक अनिश्चित समयका लागि बन्द भएको छ।