Connect with us

राजनीति

जसपा नेपालले लुम्बिनी सरकारलाई दिएको समर्थन लियो फिर्ता

Published

on

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल (जनता समाजवादी पार्टी) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। लुम्बिनीमा जसपाकी एक मात्र सांसद अम्बिका काफ्लेले समर्थन फिर्ता लिएको जानकारी दिएकी छन् ।
प्रदेश सरकारले सक्षमतापूर्वक काम गर्न नसकेको, बजेट पूर्वाग्रही एवम् सुशासन, समावेसिताविहीन भएकोले समर्थन समर्थन फिर्ता लिएको काफ्लेले बताएकी छन् ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी काफ्लेले सभामुखलाई गराएकी छन्।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ । जसमा जसपा नेपालबाट काफ्ले एक्लो सांसद हुन् । जसपा विभाजनपछि अरू सांसद अशोक राई नेतृत्वको पार्टीमा आवद्ध भएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.