Connect with us

राजनीति

जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जनको प्यानल निर्वाचित

Published

on

जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन यादवको प्यानल विजयी भएको छ। जिल्ला अध्यक्षलगायत सात जना पदाधिकारीको लागि भएको निर्वाचनमा राजीव रञ्जन यादवको प्यानल विजयी भएको हो।

उनी ६६ मतको अन्तरले विजयी भएका हुन्। राजीव रञ्जनले १९७ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष श्याम विहारी यादवले १३० मत ल्याएका थिए।

बिहीबार राति प्राप्त अन्तिम मत परिणाम अनुसार उपाध्यक्षमा उनको प्यानलका पारस भण्डारीले १९८ ,अमरुल हक १८५ मत ल्याएर विजयी भएका थिए। उनीहरूका निकटतम् प्रतिद्वन्द्वी अमृतलाल चौधरीले १०९ र  रामेश्वर रायले १३२ मत प्राप्त गरेका थिए।

सचिवमा शम्भुप्रसाद यादव  १९१ मतसहित विजयी भएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी  जयराम महतोले कुल १२४ मत प्राप्त गरेका थिए।

त्यस्तै. सहसचिवमा उपेन्द्र राय १८६, दीपेन्द्र पटेल १९७ मत प्राप्त गरी निर्वाचित भएका थिए भने  निकटतम् प्रतिद्वन्द्वी प्रवेज़ आलमले १२४ वसन्त झाले ११३ मत प्राप्त गरेका थिए। 

कोषाध्यक्षमा बृजमोहन साह १७२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनको प्रतिद्वन्द्वी सुरेन्द्र बैठाले १४१ मत प्राप्त गरेका थिए।

त्यसैगरी सदस्य पदका लागि ४२ जना निर्विरोध निर्वाचित भएका छन्। जसपा रौतहटका अध्यक्ष राजीव रञ्जन यादवको नेतृत्वमा ४९ सदस्यीय जिल्ला कमिटी गठन भएको जनाइएको छ।

जसपा रौतहटको अधिवेशनको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले दुई दिनअघि उद्घाटन गरेका थिए। जिल्ला कमिटीको लागि सर्वसम्मती नभएपछि निर्वाचन प्रक्रियाबाट सम्पन्न भएको अध्यक्ष यादवले बताए।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.