Connect with us

राजनीति

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी आज एउटै मञ्चमा

Published

on

नेकपा (एमाले) का पूर्वमहासचिव मदन भण्डारीको आज ७४ औं जन्मदिन । उनको जन्मदिनको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले हरेक वर्ष केही न केही कार्यक्रम आयोजना गर्दै आइरहेको छ । त्यही सिलसिलाका फाउण्डेसनले आज कार्यक्रम गर्दैछ, राष्ट्रिय सभा गृहमा भृकुटीमण्डपमा । आजको बहस कार्यक्रमको शीर्षक छ, ‘जबजका तीन दशक ।’

यस कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र विशिष्ट अतिथि मदन भण्डारीपत्नी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छन् । पछिल्ला दिनमा ओली र भण्डारीबीच राजनीतिक रस्साकसी चलिरहेको छ । त्यसैले आजको कार्यक्रमले एमालेको आन्तरिक जीवनमा केही फरक पार्ने छ ।

नेकपा (एमाले)का एक पोलिटव्युरो सदस्यका भनाइमा कार्यक्रमबाट पूर्वराष्ट्रपति तथा भण्डारीपत्नी विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किने औपचारिक सन्देश दिने तयारी गरेकी छिन् । एमाले अध्यक्ष तथा प्रधामन्त्री केपी ओली त्यसको विपक्षमा छन् ।

विद्या भण्डारी राष्ट्रपतिको कुर्सीमा आसिन हुन अघिन्जेलसम्म ओली र उनी एउटै कित्तामा थिए । भण्डारीलाई राष्ट्रपतिको कुर्सीमा आसिन गराउन पनि ओलीकै महत्वपूर्ण भूमिका छ । तर, यो पनि बर्सनै नहनुे अकाट्य सत्य हो कि ओलीले पनि भण्डारीको मजबुत साथ नपाएका हुन्थे भने न संसदीय दलको नेता चुनिन सक्थे, न त प्रधामन्त्रीको कुर्सीमा विराजमान हुन नै सक्थे । त्यसैले कुनै बेला यी दुईले एक अर्कालाई मजबुत धाप दिएका छन् । फलतः दुवै राज्यको उपल्लो जिम्मेवारीमा पुग्न सफल भएका हुन् ।

राज्यको उपल्लो जिम्मेवारीमा पुगेर त्यसको स्वाद चाखेकैले हुनुपर्छ, ओली भण्डारी दुवैमा अझै त्यो पदमा टिकिरहने र फेरि पुग्ने चाह छ । त्यसैको परिणाम उनीहरुबीच तिक्तता पनि बढ्दो छ । शीतलनिवासबाट बिदाइ भएको दुक्षर्् वर्षमा भण्डारीको सक्रियता, भेटघाट र देश–विदेश यात्राले उनको सम्भावित कदमको जनाउ दिइरहेका छन् ।

यसैबीच आज उनले एमालेको आगामी महाधिवेशनबाट मूल नेतृत्वका लागि दाबी प्रस्तुत गर्ने तयारी गरेकी छन् । यसले एमालेको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिमा त खास अर्थ राख्छ नै, केपी ओलीको महत्वकांक्षामा समेत ठूलो ठेस लाग्नेछ ।

आज राष्ट्रिय सभा गृहमा हुने कार्यक्रमबाट एमालेको शक्ति सन्तुलन देृखिनेगरी नै फेरबदल हुने जानकारहरुले बताएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.