Connect with us

समसामयिक

कोशी १३१ रनकाे फराकिलो अन्तरले बागमतीसँग पराजित

Published

on

बागमती प्रदेशले कोशी प्रदेशलाई १३१ रनको फराकिलो अन्तरले पराजित गरेको छ  ।

प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा बागमतीले कोशीलाइ फराकिलो अन्तरले पराजित गरेको हो ।

दाङको देउखुरी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रनमा नै समेटिन बिबश भएको हो।  त्यस अघि टस जितेर ब्याटिङ रोजेको बागमती ४९.३ ओभरमा २४० रनको योगफल तयार पारेको थियो ।

बागमतीका लागि शुभ कंसाकारले ३९, शुतोष घिरैयाले २९, इशान पाण्डे र विपिन आचार्यले समान २५, रिजन ढकालले अविजित २२, सोनु देवकोटा १८, सूर्यले १७ तथा गौतम केसी १६ रन बनाएका थिए ।

जितसँगै सात खेलमा ६ अंक जोडेको बागमती छैठौं स्थानमा उक्लिएको छ । कोशी समान खेलबाट २ अंकका साथ पुछारमा छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.