Connect with us

समसामयिक

अपराधिक लाभ लिने व्यक्ति पक्राउ

Published

on

आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

सर्लाही धनकौल गाउँपालिका–२ ठेगाना भई भक्तपुर सूर्यबिनायक नगरपालिका–२ लोकन्थली बस्ने सुदिप कुमार साह गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

आपराधिक लाभ लिने उद्देश्य सहित योजनावद्ध तवरले धाक धम्की दिई अपहरण समेत गर्ने डर त्रास देखाई रकम माग गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न गुप्तालाई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो । 

उनलाई आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.