नेपाली कांग्रेसका नेता रमेश लेखक गौरीबहादुर कार्की जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयानमा दिन जाने बताए।
उनले भने, ‘उहाँहरुले भोलिलाई बोलाउनुभएको रहेछ, मैले सोमबार जाने तयारी गरेको छु।’ भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो।