Connect with us

समसामयिक

लुम्बिनी लायन्सले थाल्यो विजेता ट्रफी उत्सव यात्रा

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले ट्रफी उत्सव यात्रा सुरु गरेको छ । आज शनिबार (पुस ५) टिम लुम्बिनीले बाँकेको नेपालगन्जस्थित वागेश्वरी मन्दिरमा पूजाअर्चना गरेर विजेता ट्रफी उत्सव यात्रा थालेको हो ।

त्यसक्रममा ट्रफीसहित मन्दिर परिक्रमा गरिएको थियो । नगर परिक्रमापछि ट्रफी बर्दियातर्फ लगिएको छ । बर्दियाबाट दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी हुँदै यही पुस १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर विजेता ट्रफी उत्सव यात्रा समापन हुने जनाइएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.