Connect with us

समसामयिक

मलेसियाकी ६७ वर्षिय एक वृद्धा, जो ‘अनलाइन’ प्रेममा डुबेर गुमाइन ४.४ मिलियन डलर

Published

on

मलेसियामा ६७ वर्षिय एक वृद्धाले सात वर्षसम्म चलेको अनलाइन प्रेममा करोडौं डलर डुबाएकी छन् । झुटो अनलाइन प्रेममा परेकी ती वृद्धाले लगभग ४.४ करोड आरएम अर्थात २.२ मिलियन गुमाएको खबरले अचम्म पारेको छ । तर, त्यो भन्दा अचम्म उनले आफ्नो कथित प्रेमीलाई प्रत्यक्ष रूपमा कहिल्यै भेटिनन्।

यो सनसनीपूर्ण घटनाको जानकारी मलेसियाका आयुक्त दातुक रामली मोहम्मद युसुफले सार्वजनिक हुन्। मलेसियाको बुकित अमान कमर्शियल क्राइम इन्भेस्टिगेशन डिपार्टमेन्ट (सीसीआईड) का निर्देशकले हालै एक पत्रकार सम्मेलनमा गरेर यो ‘फेक लभ स्टोरी’ सार्वजनिक गरेका हुन् ।

यो फेक लभको सिलसिला अक्टोबर २०१७ बाट सुरु भएको थियो, जब महिलाले फेसबुकमा एकजना व्यक्ति साथी बनाइन, उसले आफूलाई एक अमेरिकी ब्यापारीको रूपमा चिनाएका थिए र आफूले सिंगापुरमा चिकित्सा उपकरणहरू बिक्री गरिरहेको बताएका थिए । जसलाई महिलाको विश्वास जित्न धेरै समय लागेन र एक महिनामै उनीहरूले गाढा अनलाइन सम्बन्ध सुरु गरिहाले ।

यसैबीच, ती कथित ब्यापारीले महिलालाई मलेसियाबाट अमेरिकामा सार्न आर्थिक कठिनाइको सामना गर्नु परेको भन्दै पैसाको मद्दत मागे, त्यसपछि महिलाले उनलाई पहिलो पटक आरएम ५००० पठाइन । समय बित्दै जाँदा व्यक्तिगत र व्यावसायिक संकटको बहानामा ती पुरुषले महिलासँग पैसाको माग गरिरहे, महिलाले दिईँ रहिन ।

यस अवधिमा, महिलाले कुल ३०६ पटक बैंक ट्रान्सफर गरेर ती व्यक्तिको विभिन्न ६० वटा खाताहरूमा पैसा पठाईन, अहिलेसम्म ती महिलाले ४.४ मिलियन पैसा पठाइसकेको खुलेको अनुसन्धान अधिकृतले बताएका छन् ।

ती महिलाले धेरै पैसा आफ्ना साथीभाइ र परिवारबाट सापटी लिएकी थिइन्। सबैभन्दा अचम्मलाग्दो कुरा के छ भने ती महिलाले उक्त व्यक्तिसँग कहिल्यै भेट र प्रत्यक्ष कुरा भने गरेकी थिइनन् । दुईबीच फोन कल मात्र भएको थियो र ठग सधैं भिडियो कल वा भेटघाटबाट जोगिन्थ्यो, यसका लागि उसले बहाना बनाएर पैसा तानिरहे को थियो ।

अन्ततः, नोभेम्बर २०२४ मा ती बृद्धाले एक साथीलाई यो कुरा बताइन्, जसले उनलाई महसुस गराए कि उनी ठूलो घोटालाको शिकार बनि सकेकी छिन्। यस घटना पछि मलेसियाली अधिकारीहरूले मानिसहरूलाई अनलाइन सम्बन्धको कुरा बाहिर ल्याएका हुन ्। त्यसपछि मलेसियन प्रहरीले भनेको छ, विशेष गरी कुनै पनि वित्तीय लेनदेन संलग्न हुँदा सावधान रहनुहोस् ।

आयुक्त रामलीले सर्वसाधारणलाई आर्थिक लेनदेनको माग गर्ने यस्ता अनलाइन सम्बन्धबाट टाढा रहन पनि आग्रह गरेका छन् । यो घटना एक चेतावनी हो कि स्क्यामरहरू तिनीहरूको विधिहरूमा बढ्दो परिष्कृत हुँदैछन् र अनलाइन सम्बन्धहरू मार्फत मानिसहरूलाई लक्षित गर्दैछन्। प्रहरीले बृद्दासँग पैसा लुटने ब्यक्ति खोजिरहेको जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.