Connect with us

अर्थ

अर्थसहित ५ वटा समितिका बैठक बस्दै

Published

on

संघीय संसदका अर्थसहित पाँच समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्नेछ ।

जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गरिनेछ ।

उता, बिहान ११ः०० बजेवाट सुरू हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल हुनेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा हिन्दकुश हिमालयको सम्मेलन र समितिको समसामयिक विषय तथा आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ ।

साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ, जुन बैठक बिहान १०ः३० बजेबाट सुरू हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ, सो बैठक भने दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.