Connect with us

अन्तर्राष्ट्रिय

क्लब विश्वकपपछि मोड्रिचले रियाल मड्रिड छाड्ने

Published

on

अनुभवी मिडफिल्डर लुका मोड्रिचले क्लब विश्वकपपछि स्पेनिस  क्लब रियाल मड्रिड छाड्ने भएका छन् ।

३९ वर्षीय क्रोएसियन स्टार मोड्रिचले सामाजिक सञ्जालमार्फत १३ वर्षको मड्रिड बसाइ अन्त्य गर्ने निर्णय लिएको जानकारी दिए।

‘त्यो क्षण आइपुगेको छ । जुन म कहिल्यै नआओस भन्ने चाहान्थे तर फुटबल यही हो । जीवनमा पनि सबै कुरा सुरु भएर अन्त्य पनि हुन्छ,’ मोड्रिचले भनेका छन् ,‘ सन् २०१२ मा संसारकै उत्कृष्ट क्लबको जर्सी लगाउने आशा र ठूला उपलब्धिहरु हासिल गर्ने महत्त्वाकांक्षासहित म यहाँ आएको थिएँ तर त्यसपछि जे भयो, त्यो मैले कल्पना पनि गरेको थिइनँ ।’

उनी सन् २०१२ मा  इङ्लिस क्लब टोटनहमबाट रियाल भित्रिएका थिए । १३ वर्ष रियालमा रहँदे मोड्रिचले २८ उपाधि जितेका थिए।

उनले समान ६ च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका थिए । यसैगरी माड्रिचले पाँच युरोपियन सुपर कप, चार पटक ला लिगा, दुई कोपा डेल रे र पाँच सुपर कप पनि जिते ।

क्लब विश्वकप जुन १५ देखि जुलाई १३ सम्म हुनेछ ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.