Connect with us

राजनीति

राष्ट्रियसभाका सचिव अर्यालले दिए राजीनामा

Published

on

राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्याल (विद्यावारिधि) ले पदबाट राजीनामा दिएका छन् । उनले आज मंगलबारदेखि नै लागु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् ।

‘राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२र०७र११ गतेदेखि लागु हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ,’ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.