Connect with us

अर्थ

राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग

Published

on

राष्ट्रिय जीवन बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि पुनः आवेदन माग भएको छ । 

रिक्त सीइओ पदका लागि योग्य व्यक्तिले सूचना जारी भएको मितिले २१ दिनभित्र कम्पनीको काठमाडौं राम शाहपथस्थित कार्यालयमा निवेदन बुझाउन भन्दै बिहीबार पुनः सूचना जारी गरेको छ ।  

सीइओ छनोट तथा सिफारिस समितिले यसअघि गत असोज १६ गते एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । तर, सो पदका लागि आवेदन गरेका कुनै पनि उम्मेदवार सर्टलिस्टमा पर्न असफल भएपछि फेरि आवेदन माग गरेको हो । 

उम्मेदबारले व्यवसायिक कार्ययोजना तयार गरि बुझाउनुपर्ने शर्त तोकिएको छ भने आवेदन शुल्क ५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यसभन्दा पहिला आवेदन दिएका उम्मेदवारले पेस गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा कुनै पनि उम्मेदवारले ६० प्रतिशत अंक प्राप्त गर्न नसकेकोले सर्टलिस्टका लागि छनोट नभएको समितिले जनाएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.