Connect with us

समसामयिक

नेपाली सेनाद्वारा नेपाल-अंग्रेज युद्धको प्रतिकसहितकाे पार्क हस्तान्तरण

Published

on

मोहन लामिछाने

बाराको कलैया उपमहानगरपालिका– ६ स्थित भरतचोकमा नेपाली सेनाको ज्वालादल गणले निर्माण गरेको पार्क हस्तान्तरण गरेको छ । 

नेपाली सेनाको ज्वालादल गणले बुधबार कलैयामा आयोजना गरेको हस्तान्तरण कार्यक्रममा नेपाल–अंग्रेज युद्धको प्रतिक स्वरुप निर्माण गरिएको पार्क कलैया उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद प्रसाद साह र नेपाली सेनाका पृतनापति उपरथी कृष्ण बहादुर जि.सी.ले संयुक्त पार्कको अनावरण तथा झण्डोत्तोलन गरेका थिए । 

श्री ज्वालादल गणले बाराले बाराको नामकरण भएको स्थाल बारागढीमा भएको नेपाल–अंग्रेज युद्धको प्रतिक स्वरुप पार्क निर्माण गरेको हो ।  नेपाली सेनाबाट प्राप्त आर्थिक स्रोत साधनबाट श्री मध्य पूर्वी पृतना हेड क्वाटरको निर्देशन तथा श्री नं. २८ वाहिनी अड्डाको सुपरिवेक्षणमा नेपाली सेनाको सिघ्र प्रभावी योजना अनुसार श्री ज्वालादल गणले कलैयाको भरतचोकमा सन १८१४ देखि १८१६ सम्म बारागढीमा भएको नेपाल–अंग्रेज युद्धको प्रतिक स्वरुप निर्माण गरेको सेनाले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै उपरथी जि.सी.ले नेपाली सेनाले नेपाली जनता र सेनाबीचको सम्बन्ध युगौँदेखि नङ र मासुजस्तै रहेको बताए । उनले भने,‘जनता र नेपाली सेनाबीचको सहयोग एवं सहकार्यमा थप समधुर बनाउन नेपाली सेनाले स्थानीय जनता र स्थानीय निकायको सहयोगमा नेपाली संस्कृति, परम्परा र इतिहास संरक्षण र सम्बद्र्धन गर्दै आएको छ ।’ 

ज्वालादल गणले निर्माण गरेको पार्कमा बारागढी युद्धको दौरान स्थानीय जनताले नेपाली सेनासंग हातेमालो गरी सेनालाई गरेको सहयोगको बखान गरिएको शिलालेखसहित दुईजना सिपाहीको प्रतिमा निर्माण गरिएको ज्वालादल गणका गणपती प्रमुख सेनानी कुमार खडकाले जानकारी दिए ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.