Connect with us

समसामयिक

दाेस्राे अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित

Published

on

नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । नेपाल आइसिसी यु–१९ महिला विश्वकपको दोस्रो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको हो ।

अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो पराजय हो । पहिलो खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो ।

मंगलबार मलेसियाको रोयल रोयल सेलान्गोर क्लबमा नेपालले प्रस्तुत गरेको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।अमेरिकाका लागि इसानी वाघेलाले २४ र पूजा शाहले १० रन बनाउन सफल भएका थिए । नेपालका लागि रिया शर्माले तीन र कप्तान पूजा महतोले एक विकेट लिएका हुन् ।

त्यसअछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५८ रनको योगफल तयार पारेको थियो । नेपालका लागि साना प्रविनले १२ र पूजा महतोले १० रन बनाउनुबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अमेरिकाका लागि इसानी वाघेला, पूजा शाह, ऋतु सिंह, माही माधवन, सुहानी थडानी र सानवी इम्मादीले समान एक विकेट लिए ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.