Connect with us

अन्तर्राष्ट्रिय

निकिता पोरवाल बनिन् २०२४ को मिस इन्डिया

Published

on

मिस इन्डिया २०२४ को उपाधि मध्य प्रदेशकी निकिता पोरवालले जितेकी छन् । गएराती मुम्बईमा भएको ग्राण्ड फिनालेमा पोरवालले मिस इन्डिया वर्ल्ड २०२४ को ताज पहिरिएकी हुन् । अब उनले मिस वर्ल्ड प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन् ।

त्यस्तै दादरा र नगर हवेली (केन्द्र शासित प्रदेश) की रेखा पाण्डे मिस इन्डिया २०२४ को फस्ट रनरअप र गुजरातकी आयुषी ढोलकिया मिस इन्डिया २०२४ को सेकेन्ड रनरअप बनेकी छन् । निकिता पोरवाल, रेखा पाण्डे र आयुषी ढोलकियालाई नेहा धुपियाले फूलको गुच्छा दिएर सम्मान गरेकी थिइन् ।

डिजाइनर निकिता म्हसाल्कर, अभिनेत्री संगीता बिजलानी, निर्देशक अनीस बज्मी, अभिनेत्री र अभिनेत्री नेहा धुपिया, कोरियोग्राफर बोस्को मार्टिस र निर्देशक मधुर भण्डारकर निर्णायक रहेका थिए । 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.