Connect with us

समसामयिक

‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने निश्चल बस्नेतको घोषणा

Published

on

चर्चित फिल्म निर्माता निर्देशक एवम कलाकार निश्चल बस्नेतले आफ्नो फिल्म बेहुली फ्रम मेघौली सिनेमा हलबाट उतार्ने घोषणा गरेका छन् । बस्नेतले विहिबारदेखि सिनेमा हलबाट फिल्म हटाउने घोषणा गरेका हुन् ।

यस अघि उनले सिनेमा हलले दर्शकको साथ नहुदा पनि हिन्दी फिल्मलाई शो दिएको तर आफ्नो फिल्मलाई कम शो दिएको भन्दै हलको विकल्प खोज्ने बताएका थिए ।

उनले भनेका छन्- ‘हलमा हेरीदिनुहुने सबै दर्शकहरुलाई धेरै धेरै धन्यबाद । सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्युएफएक्स सिनेमाजलाई धेरै धेरै धन्यवाद । भोलीबाट हाम्रो फिल्म नेपालको सबै हलबाट हामीले नलगाउने निर्णय गरेका छौं । ओटीपीको समस्या समाधान गर्दै अब चाडै भेट्नेछौं एमएसएम भिडियो मार्फत । एप डाउनलोड गर्दै गर्नुस है । अमेरिका, जापान, क्यानडा र सिंगापुरमा चै यो यो मा उपलब्ध हुनेछैन ।’

अहिले सिनेमा हलमा बस्नेतको यो फिल्मसहित छक्का पन्जा-५, घर ज्वाई र १२ गाउँ चलिरहेका छन् । 

बस्नेतको संकेत अब नेपाली फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तर्फ रहेको बताइएको छ । अहिले पनि विभिन्न ओटीटीमा नेपाली फिल्म रिलिज गर्ने गरिएको भए पनि त्यसको बजार विस्तार नहुदा सिमित दर्शकसम्म मात्र पुग्ने गरेको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.