Connect with us

समसामयिक

एनपीएलः पहिलो खेलमा जनकपुर र सुदुरपश्चिम भिड्दै

Published

on

आज नेपाल प्रिमियर लिग (एनपीएल) को १८ औं र १९ औं खेल हुँदैछ । जस अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । सो खेल बिहान ९ः ०० बजेवाट सुरू हुनेछ ।

आज हुने पहिलो खेलमा जनकपुरबाट अनिल शाहले नेतृत्व गर्नेछन भने सुदुरपश्चिम राेयल्सवाट दिपेन्द्रसिंह ऐरीले नेतृत्व गर्नेछन । 

एनपीएल अघिल्लाे शुक्रवारवाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

जनकपुर बोल्ट्स

आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।

सुदूरपश्चिम रोयल्स 

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)। 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.