Connect with us

समसामयिक

एनपिएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी

Published

on

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित यात्रा जारी राखेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई सात विकेटले हराएको छ । सुदूरपश्चिम चार खेलमा अपराजित रहने एक्लो टोलीसमेत बनेको छ ।

जितका लागि एक सय ४४ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ओभरमा तीन विकेटको क्षतिमा एक सय ४५ रन जोड्दै लक्ष्य पूरा गरेको हो । जितसँगै चार खेलबाट आठ अङ्क बनाएको सुदूरपश्चिम शीर्षस्थानमा रहदै प्लेअफ नजिक पनि पुगेको छ । समान खेलबाट दुई अङ्क बनाएको लुम्बिनी छैटौँ स्थानमा छ ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अविजित अर्धशतकीय इनिङ्स खेले । उनले ४९ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ६९ रन बनाए । विनोद प्लेयर अफ दि म्याच बने । यस्तै आरिफ शेखले ३९ र क्रिस लेनले १६ रन जोडे । बलिङमा लुम्बिनीका अविशेष गौतम, रुवेन ट्रम्पलम्यान र तिलक भण्डारीले एक एक विकट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९.४ ओभरमा ओभरमा सबै विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाउनुभयो । उहाँले ३६ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाए । यस्तै दिलीप नाथले ३१, डी’आर्की सर्ट र सुमित महर्जनले समान १८र१८ र गुलवदिन नईवले ११ रन बनाए । बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंहले तीन तीन विकेट लिए। यस्तै हेमन्त धामीले दुई तथा स्कट कग्लेइजनले एक विकेट लिए ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.